RUMPUM
animated ellipse animated ellipse

प्रणामी यूवाद्धारा विरामी र कुरुवालाई भोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार ११:०२
3
Shares

विराटनगर / श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल मोरङ र प्रारम्भिक समिति विराटनगरको आयोजनामा विरामी र कुरुवालाई निःशुल्क भोजन गराएका छन् ।

विराटनगरको हस्पिटलचौक स्थित कोशी अञ्चल अस्पतालमा रहेको विरामी र कुरुवाहरूलाई प्रणामी समाजले आज विहानको भोजन गराएका हुन् ।

कोशी अस्पतालमा भर्ना भएका करिब २ सय जना विरामी तथा कुरुवालाई निःशुल्क भोजन गराएको श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल विराटनगरका अध्यक्ष गोकुल कोइरालाले बताए । उनका अनुसार प्रत्येक महिना अस्पताल, वृद्धाआश्रम, बालआश्रम, मन्दिरलगायतको क्षेत्रमा निःशुल्क भोजन गराउने गरेको बताए ।

सामाजिक कार्य अनुरुप निःशुल्क भोजन गराउने कार्यमा हाम्रो प्रणामी युवा परिषद लागि परेको उनले बताए । कोशी अस्पताल गराएको भोजनको व्यवस्था नेपाल पेट्रोलियम चालक संघले गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर