CLASSICTECH NET

महिला कैदी बन्दीका सन्तानलाई न्यानो लुगा

खबर पूर्वाञ्चल, २८ मंसिर २०७५, शुक्रबार २१:५६

विराटनगर / चारै तिरको अग्ला दिवालले घेरिएको विराटनगर कारागारमा आज भने बग्लै दृश्य देखियो ।

बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि आज सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काटिरहेका आमाका साथमा रहेका साना नानीहरुले न्यानो कपडा, मिठो खानेकुरा पाएपछि दङ्ग देखिन्थे ।

पौष १३ गते सम्पन्न हुने मिस पूर्वेली सुपर मोडल २०१८ को संस्करण अन्तरगत प्रशिक्षणमा रहेका १९ जना प्रतिष्पर्धीलगायत मिस पूर्वेलीको टोलीले आज विराटनगर कारागारमा रहेका महिला कैदी बन्दीका ६ जना सन्तानलाई बिभिन्न सामाग्री बितरण गरेको थियो ।

एवान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिले आयोजना गर्ने मिस पूर्वेलीमा बिभिन्न चरणका कार्यक्रम अन्तरगत सो सामाग्री बितरण गरेको हो । प्रालिका अध्यक्ष किरण लामाले जाडो समयमा साना साना बालबालिका कारागारका कष्टकर जीवन बिताउन बाध्य रहेको थाहा पाएपछि लत्ताकपडा, पौष्टिकयुक्त खानेकुरा, खेलौना, ब्यल्केट जस्ता सामग्री बितरण गरेको जानकारी दिए । छ महिनादेखि ३ बर्ष उमेर रहेका बालबालिकाको चिकित्सक टोलीले स्वास्थ परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरेको थियो ।

कार्यक्रमका संयोजक सौरभराज राजभण्डारीका अनुसार गिता एभिएसनको मुख्य प्रयोजक रहेको सो प्रतिष्पर्धामा १९ जना यूवती सहभागी रहेका छन् । शनिबारबाट अन्तिम चरण बन्द प्रशिक्षण समेत हुने राजभण्डारीले जानकारी दिए । सृजना रेग्मीको कोरियोग्राफीमा सञ्चालन हुने प्रतिष्पर्धाको इभेन्टको संयोजन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्दैछिन् ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५