AArya
RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी प्रकरणमा मुछिएका शाक्य र पोद्दारलाई धरौटीमा छाड्ने आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७५, बिहीबार १९:३२
3
Shares

विराटनगर / साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश पछि पूर्पक्षकालागि थुनामा रहेका पोद्दार र शाक्यलाई आज उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
न्यायधिस नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।

व्यवसायी दिपक मल्होत्राका साझेदार समेत रहेका भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणकालागि हुण्डी मार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो ।

गत असार ६ गते पक्राउ परेका पौद्दार सहित संजय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साहलाई दोस्रो पुरक अभियोगमा जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत भदौ १३ गते कारागार चलानको आदेश दिएको थियो ।

जिल्लाको आदेश पछि पुर्पक्षकालागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको माग सहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । ६ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहिवार अन्तिम आदेश आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर