पूर्वाञ्चल खबर
विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको एउटा स्कूल बसका चालकलाई प्रहरीले आज विराटनगरबाट नियन्त्रणमा लिएको छ ।
विराटनगर ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कूलका विद्यार्थी बोकेको को १ क ११६३ नम्बरको बसका चालकले मापसे गरेको पाइएपछि विराटनगर ४ घर भएका चालक ३५ वर्षीय अबुर राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
चेकजाँचमा खटिएको प्रहरी टोलीले बस र चालकलाई विराटनगरको तीनपैनी चौकबाट पक्राउ गरेको हो । चालक राजवंशी विरुद्ध ‘अभद्र व्यवहार’ को मुद्धा चलाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए ।