RUMPUM
animated ellipse animated ellipse

ईलाममा आगलागी हुँदा १८ लाखको क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७५, मंगलवार १४:०८
3
Shares
फाइल तस्वीर

ईलाम / ईलामको माई नगरपालिका ३ कमलटारमा आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ ।

सोमवार राती १० बजे माई नगरपालिका ३ कमलटारका ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी दानाबारीबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती आगालगी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर