CLASSICTECH NET

विद्यालयबाट नैतिक शिक्षा सिकाउन जुरुरी

खबर पूर्वाञ्चल, २२ मंसिर २०७५, शनिबार १८:२०

विराटनगर / विद्यालयस्तरदेखि नै बालबालिकालाई नैतिक शिक्षा सिकाउन जुरुरी रहेको सरोकारवाला पक्षले जोड दिएका छन् ।

विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचारकहरु शान्तिप्रसाद मिश्र, आरके मोहन राव र अरविन्दा मोहन रावले तालिममा सहभागि शिक्षक शिक्षीकाहरुलाई बालबालिकामा नैतिक शिक्षाको प्रभावकारी अध्ययन गराउन व्यवहारिक शिक्षामा ध्यान दिन जोड दिए ।

पछिल्लो समय बालबालिका तथा किशोर किशोरीमा नैतिक शिक्षा ह्रास हुँदै गएको भन्दै उनीहरुले यसलाई विद्यालय स्तरबाट नै ध्यान दिन नसके जटिल अवस्था आउनसक्ने बताए । यसको शुक्रबार र शनिवारसम्म चलेको तालिममा सहभागि शिक्षक शिक्षीकाले समेत तालिमले नैतिक शिक्षा सम्बन्धि बालबालिकालाई बुझाउन थप मद्धत पुगेको बताए । विद्यालयका प्राथमिक तहका इन्चार्ज सुनिल शाहिले तालिमले पढाउने शैलमिा परिवर्तन आएको बताएका छन् । पहिला–पहिला बालबालिकाका कमजोरी पत्तालगाएर कारवाहि गर्दै सुधार्न खोजिन्थ्यो, अहिले उनीहरुका राम्रा विषयलाई उजागर गरेर प्रोत्साहन गर्ने गरिएको छ । यस्ता कृयाकलापबाट बालबालिकाको व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको उनले सुनाए ।

विद्यालयकी सामाजिक शिक्षा अध्यापन गराउने शिक्षीका रजनी चौलागाईले समेत तालिमले एकोहोरो लेक्चर दिने मेथडलाई निरुत्साहित गरी व्यवहारिक शिक्षा दिन आधुनिक शिक्षा प्रणालीमा जोड दिएको बताईन् । यसले गर्दा परिक्षाको अंकमा मात्र केन्द्रित बालबालिकालाई समेत अनुशासित र व्यवहारिक बनाउदै लैजाने विश्वास गरिन् ।
त्यसो त विद्यालयले वर्षभरी नै विभिन्न विषयमा शिक्षक शिक्षीकालाई उत्प्रेरक तालिमहरु प्रदान गर्दै आएको छ । विद्यालयका उपप्राचार्य मणिकुमार पौडेलका अनुशार तालिमपछि शिक्षक शिक्षीकाहरुको व्यवहारमा समेत परिवर्तन हुँदै आएको बताए ।

पटक पटक राष्ट्रिय र क्षेत्रीय रुपमा उत्कृष्ट हुँदै आएको यस विद्यालयले आफ्नो गरिमा कायम राख्नपनि सवै पक्षमा ध्यान दिन आवश्यक रहेको तर्क प्राचार्य टीकाराम पुरीले बताए । उनले भने,‘हामी चाहन्छौं , हाम्रा बालबालिका शैक्षिक ज्ञानबाट मात्र नभई व्यवहारी र नैतिक ज्ञानबाट पनि निपुण हुन् ।’ उनका अनुशार बालबालिका र शिक्षक शिक्षीका केन्द्रित तालिमहरु समय–समयमा प्रदान गर्दै जाँदा सवैमा सकारात्मक परिवर्तन आएको छ । बालबालिका र शिक्षक शिक्षीकाबिचको सम्बन्ध साथीसरह बन्दै गएको छ । यसले बालबालिकामा आफ्ना कमजोरी सहजै स्वीकार्ने, समस्याहरु तत्काल सुनाउने र आफ्ना उत्सुकताहरुको समाधान खोज्ने प्रवृत्ति बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५