मोरङ प्याब्सनमा बस्नेत र पौडल समूह मैदानमा

खबर पूर्वाञ्चल, २१ मंसिर २०७५, शुक्रबार १६:५०

विराटनगर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङको शनिबार हुने निर्वाचनको माहोल तातेको छ । अध्यक्षमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेपछि चुनावी माहोल तातेको हो ।

प्याब्सन मोरङको विराटनगरमा हुने १४ औं अधिवेशनमा वर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । विगतमा एकढिक्का भएर नेतृत्व चयन गर्दै आएको प्याब्सन १४ औं जिल्ला अधिवेशनसम्म आइपुग्दा स्पष्टरूपमा दुई खेमामा बाँडिएको छ । बस्नेत समूहले एक महिना अगाडी देखि उम्मेदवार घोषणा गरि भोट माग्न व्यस्त छन भने पौडेल समूहले केही दिनअघिको भेलापछि उम्मेदवारी घोषणा गरेका थिए ।

रंगेलीस्थित भानु मेमोरियल स्कूलका प्रिन्सिपलसमेत रहेका अध्यक्षका प्रत्यासी पौडेल प्याब्सनमा सबैलाई मिलाएर लाने वातावरण हुनु पर्ने बताउँछन् । सुन्दर हरैंचास्थित सिद्धार्थ सेकेण्डरी स्कूलका प्रिन्सिपल रहेका अध्यक्षका अर्का प्रत्यासी बस्नेत नेतृत्वमा आएर सुढृढ र समृद्ध प्याब्सन निमार्ण गर्ने बताउँछन् । बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा, उपाध्यक्षद्वयमा भक्तराज सुब्बा र शुभाष राई, महिला उपाध्यक्षमा रीना थापा, सचिवमा प्रेमलालसिंह सुवालले उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा बिष्णु डंगोल र सीएम रिजाल, कोषाध्यक्षमा जगतबहादुर बस्नेत, एवं सहकोषाध्यक्षमा देवी सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेकामध्ये सुवाल वर्तमान उपाध्यक्ष हुन् । त्यस्तै पौडेल समूहबाट उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ, सचिवमा पुष्पबिक्रम बस्नेत, कोषाध्यक्षमा अमिश रेग्मी, सहसचिवमा अमलेश ठाकुर, राम दाहाल, महिला सहसचिवमा मनकुमारी गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

पौडेल समूहले वरिष्ठ उपाध्यक्षलगायत केही पदमा भने अर्को पक्षकै उम्मेदवारलाई सघाउने तयारी गरेको स्रोतको दाबी छ । मोरङ प्याब्सनमा तीन महिला उम्मेद्वार निर्विरोध निर्वाचित हुने देखिन्छ । बस्नेत पक्षकी वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा र उपाध्यक्षमा रीना थापाविरुद पौडेल पक्षले अहिलेसम्म उम्मेद्वारी दिएका छैनन् भने पौडेल पक्षकी महिला सहसचिवमा मनकुमारी गुरुङले मात्र उम्मेद्वारी दिएका छन् । मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् । विराटनगर महानगरपालिकाभित्रबाट मात्र ६९ मतदाता छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५