पूर्वाञ्चल खबर
‘प्रदेश १ का १४ वटै जिल्लामा नियम लागू हुने छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलले भने, ‘तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको हो ।’ पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमन रोक लगाइने छ । रोक लगाइएको समयमा टिपर चलाए कारवाहीको दाहेरामा ल्याउने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रदेश ट्राफिक कार्यालय इटहरीका प्रमुख एसपी पौडेलले दुर्घटनाको समयलाई अध्ययन गर्दा धेरै दुर्घटना अफिस आवरमै हुने भएकाले निश्चित समयका लागी टिपर बन्द गरिएको जानकारी दिए।
‘प्रदेश १ का सबै जिल्ला सुरक्षा समितिहरुमा निर्णय भैसकेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले निर्णय कार्यन्यन गर्ने हो ।’