पूर्वाञ्चल खबर
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ चिमाखु बस्ने मौलाबहादुर राईको घरमा आज दिउँसो आगलागी हुँदा अन्दाजी ६ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो करिब २ बजेर ५५ मिनेटमा भएको उक्त आगलागीबाट राईको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा घरलगायत भित्र रहेको अन्नपात,लत्ताकपडा, भाँडावर्तन जलेर पूर्ण रुपमा क्षति भएको छ ।
आगलागी भएको भनि स्थानीयले इलाका प्रहरी कार्यालय हलेसीमा खबर गर्ना साथ तत्काल खटिएको प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका-११ बस्ने तीर्थ नेपालको डेढ बिगाह खेतमा काटेर राखेको धानको कुन्यूमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो करिब सवा १ बजेको समयमा निजकै छोरा बर्ष ५ को योगेश नेपालले सलाई खेलाउने क्रममा थुपारेर राखेको कुन्यूमा अचानक आगलागी भएको थियो । आगलागीबाट अन्दाजी एक् स्य मन धान र पराल जलेर पूर्ण रुपमा नष्ट भएको छ । ऊक्त आगलागी दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
त्यसैगरि सुनसरीको बर्जु गाउँपालिका ६ बस्ने राउदी पण्डितको गोठमा जडान गरिएको मिटर बक्सको तार सर्ट भई आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ भने १ महिला घाइते भएकी छिन् । बिहान साढे ९ बजे भएको उक्त आगलागीबाट पण्डितको अन्नपात, लत्ता कपडा जलेर नष्ट भएको छ भने आगो निभाउने क्रममा आगोले पोलेर निजको श्रीमती बर्ष ५५ की साबित्रीदेवी पण्डित घाईते भएकी छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
उदयपुरको कटारी नगरपालिका-९ सिदुरे बस्ने कुलबहादुर सुनुवारको २ तले घरमा आगलागी हुँदा अन्दाजी ४ लाख २१ हजार मूल्य बराबरको क्षति भएको छ । गत शुक्रबार दिउँसो २ बजेको समयमा सुनुवारको मतान घरको चुल्होमा बालेको आगोबाट अचानक आगलागी हुँदा १ तले मतान घर र ढुंगा माटोले बनेको २ तले घर काठपात जलेर नष्ट भएको छ ।
सुनुवारको घरमा आगलागी भएको भन्ने खबर आज जानकारी गराउना साथ खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।