AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तरुण दलले बुझायो ज्ञापन पत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७५, सोमबार १६:४५
3
Shares
विराटनगर/ सरकारका पछिल्ला गतिविधीको विरोध गर्दै नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दलले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा ‘संजय’ ले जानकारी दिए । मुलुकमा हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी बढिरहँदा पनि सरकार चुप लागेर बसेको विरोधमा ज्ञापन पत्र बुझाइएको थापाको भनाइ छ ।

तरुण दलले ज्ञापन पत्रमार्फत बढ्दो हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी नियन्त्रणमा अग्रसर हुन सरकारलाई आग्रह गरेको छ । प्रजिअ केसीले तरुण दलले बुझाएको ज्ञापन पत्र सम्बन्धीत ठाउँमा पु¥याउने र उठाइएका मुद्धा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर