पूर्वाञ्चल खबर
मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीको आयोजनामा लिटिल च्याम्स प्रतियोगितामा आयोजना गरेको हो । कार्यक्रममा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत, नृत्य तथा उनीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे । जसमध्धे आश्रमका १४ बर्षीय अभिषेक राई लिटिल च्याम्सको उपाधि जितेका छन् । उनले ‘प्रेम गीत’ चचित्रको म यस्तो गीत गाउछु… बोल गीतले उपाधि दिलायो । विजयी हुने राइले शिल्ड तथा मेडल प्राप्त गरे ।
कार्यक्रमको निर्णायकमा गायक तथा संगीतकार सुमन श्रेष्ठ, स्वेता तुलाधर रहेका थिए । उक्त कार्यक्रममा हास्यकलाकार पारस थापाको प्रस्तुतीले थप मनोरञ्जन प्रदान ग¥यो । सोही अवसरमा आयोजकले आश्रमकी अध्यक्ष सीता पोखरेललाई नगद ५ हजार ५ रुपैया प्रदान गरेको छ ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आश्रममा रहेका बालबालिकाहरूको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिताले अहम भुमिका निभार्ह खेल्ने बताइन् ।