animated ellipse animated ellipse

निजी विद्यालयको समस्या समाधन गर्न मेरो उम्मेदवारी : बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७५, आईतवार १६:०७
9
Shares
निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) मोरङको १४ औं अधिवेशन यही मंसिर २२ गते हुँदैछ । नयाँ नेतृत्वको लागि निजी विद्यालय सञ्चालकहरु दुई वटा समूह बनाएर निर्वाचनमा होमिएका छन् । बर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतको समूह मैदानमा उत्रिएका छन् । सर्वसम्मत कार्यसमितिको लागि नेतृत्व चयन नभएपछि निर्वाचन हुन लागेको हो । यसै विषयमा केन्द्रीत रहेर प्याब्सन मोरङको अध्यक्षको उम्मेदवार बस्नेतसँग खबर पूर्वाञ्चलले गरिएको कुराकानी ः

प्याब्सनको निर्वाचन नजिकिदैछ । तपाई चुनाबी अभियान कसरी अगाडि बढाउनुभएको छ ?
अधिवेशनको लागि अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत भएको छु । मलगायत हाम्रो समूह मोरङको सम्पूर्ण पालिकास्तरमा रहेका निजी विद्यालयहरूमा पुग्ने प्रयास गरेका छौं । मिक्लाजुङ्गदेखि विराटगनरसम्म हाम्रो समूह भ्रमण गरी मत मागिसकेका छौं । यो एउटा अवसर हो । हाम्रा सदस्य विद्यालयहरूको समस्या थाहा हुने अवसर पनि यही बेला आएको छ । त्यही भएर पनि हामी विभिन्न विद्यालयहरूमा गइरहका छौं ।

तपाईको उम्मेदवारी अध्यक्षमा नै किन ?
म प्याब्सनमा आवद्ध भइ सदस्य हुँदै उपाध्यक्षसम्म भइसकेको छु । प्याब्सनको विधान अनुसार २ पटकभन्दा बढी एउटै पदमा रहने व्यवस्था छैन । मैले प्याब्सनमा नेतृत्व गरेर निजी विद्यालयहरूको समस्यालाई सामाधन गर्नसक्ने भएकोले उम्मेदवारी दिएको हुँ । नेतृत्वको विकाससँगै मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

तपाईको चुनावी एजेण्डाहरू के—के छन् ?
मेरो एजेण्डा भनेकै निजी विद्यालयहरूको एजेण्डा हुन् । अहिले स्थानीय तहमा बनेको कार्यविधि तथा नियमावलीहरूमा एकरुपता देखिएको छैन । त्यसलाई हामीले एकरुपता कायम गर्न स्थानीय तहसँग समन्वय गर्न जरुरी छ । प्रदेश तथा केन्द्रमा समेत आवाजलाई बुलन्द गर्न जरुरी छ । अहिले निःशुल्क शिक्षाको कुरा आइरहेको छ । करको कुरा त्यतिकै छ ।

निजी र सामुदायिक विद्यालयहरूबीच सरकारले विभेद गर्दैआएको छ । यस्ता कुरामा प्याब्सनले आफ्नो भनाई र एजेण्डाहरू उठाउन जरुरी छ । प्याब्सनले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम साथै शिक्षकहरूलाई तालिमको समेत व्यवस्था गर्न जरुरी छ । प्याब्सन मोरङको बन्दै गरेको भवनलाई समेत पुरा गर्नुपर्ने छ । यी मेरा महत्वपूर्ण एजेण्डा हुन् ।

अध्यक्षमा निर्वाचित भएमा त्यसपछि तपाईको पहिलो प्रथामिकता के रहन्छ ?
भवन र प्याब्सनका कार्यालयलाई व्यवस्थित गर्नुपर्ने छ । त्यसपछि १७ वटै पालिकाका निर्वाचित पदाधिकारीहरूलाई विविध विषयमा तालिम दिएर उनीहरूको क्षमता अभिवृद्धि गर्नेछु ।

अन्त्यमा मतदाताहरूलाई केही भन्न चाहन्नुहुन्छ ?
प्याब्सनको आउँदै गरेको अधिवेशनलाई भव्य र सभ्य बनाउन सबै लाग्न अपिल गर्दछु । चुनावमा हामी अहिले दुई पक्षबाट लडेपनि निर्वाचनपछि हामी एकढिक्का भएर हाम्रा मुद्दामा लाग्नेछौं ।
प्रस्तुतिः अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर