animated ellipse animated ellipse

पूर्णकालिन अध्यक्षको जिम्मेवारी बहन गर्न मेरो उम्मेदवारी : पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७५, आईतवार १५:५०
3
Shares
निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) मोरङको १४ औं अधिवेशन यही मंसिर २२ गते हुँदैछ । नयाँ नेतृत्वको लागि निजी विद्यालय सञ्चालकहरु दुई वटा समूह बनाएर निर्वाचनमा होमिएका छन् । बर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतको समूह मैदानमा उत्रिएका छन् । सर्वसम्मत कार्यसमितिको लागि नेतृत्व चयन नभएपछि निर्वाचन हुन लागेको हो । यसै विषयमा केन्द्रीत रहेर प्याब्सन मोरङको अध्यक्षको उम्मेदवार पौडेलसँग खबर पूर्वाञ्चलले गरिएको कुराकानी ः

प्याब्सनको निर्वाचन नजिकिदैछ । तपाईले चुनाबको तयारी कसरी गर्दै हुनुहुन्छ ?
म खास चुनावी दौडहामा कुदेको छैन । केही साथीहरूसँग फोन सम्पर्क भइरहेको छ । अहिले मोरङको सुनवर्षी, रतुवामाई, उर्लाबारी, बेलबारी लगायतको विभिन्न ठाउँमा गएर मत मागेर आएको छु ।

तपाईले प्याब्सनको १६ महिना नेतृत्व गरिसक्नुभयो, फेरि किन नेतृत्वमा दोहोरिन चाहानुभएको ?
म प्याब्सनमा आबद्ध भएको २२ वर्ष भयो । यतिका लामो समय हुँदा पनि मैले कहिल्यै अध्यक्षको लागि दाबी गरिन् । यो कार्यकालमा अध्यक्षमा बासुदेव न्यौपाने सर रहनुएको थियो । उहाँको राजिनामापछि मैले नेतृत्व सम्हाल्न पाएको हुँ । छोटो समयमा पाएको जिम्मेवारी त्यसमाथि पनि एउटा विपद आइप¥यो । बाढी पहिरो आयो । त्यसपछि तीनै तहको निर्वाचन आयो । धेरै साथीहरू निर्वाचनमा लागे । त्यति हुँदाहुँदै पनि पहिलेदेखि प्याब्सनको हुँदै आएको कार्यक्रममलाई निरन्तरता दिँदै आएको छु । पहिले एकखाले कार्यबहाक जस्तो जिम्मेवारी पाएको थिएँ । अब भने निजी विद्यालयहरूमा देखिएको समस्या सामाधन गर्न पूर्णकालिन रुपमा अध्यक्षको जिम्मेवारी समाल्न मैले उम्मेदवारी दिएको हुँ ।

तपाइको चुनावी एजेण्डाहरू के—के छन् ?
– प्याब्सनमा आजभन्दा १० वर्ष अघि जे समस्या थियो, आज त्यो समस्या छैन । अहिले निजी विद्यालयहरूको लागि नयाँ–नयाँ समस्या आइरहेको छ । स्थानीय सरकार आएसँगै निजी विद्यालयहरूलाई अंकुस लगाउने खालको नीति नियमदेखि हेर्ने दृष्टिकोणसमेत फरक रहेको छ । यी सबै विषयालाई चिर्नको लागि हामी एकढिक्का भएर लाग्न जरुरी छ । हाम्रो निजी विद्यालयहरूको समस्या हल गर्न स्थानीय सरकारसँग समन्वय गर्न लागिपर्ने छु । त्यस्तै सूचना र प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउनेछु । शिपमुलक प्रयोगात्मक शिक्षालाई जोड दिनेछु । यसको लागि प्रिन्सिपल र शिक्षकलाई तालिम दिने योजनाहरू रहेको छ ।

अध्यक्षमा निर्वाचित भएमा त्यसपछि तपाईको पहिलो प्रथामिकता के रहन्छ ?
– १७ वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहमा बनेको कार्यसमितिसँग समन्वय गरेर कामहरू गर्नेछु । प्याब्सनको हुँदै आएको कामहरू र बाँकी अन्य काम फरक ढंगले गर्नेछु ।

अन्त्यमा मतदाताहरूलाई केही भन्न चाहन्नुहुन्छ ?
अविधशेन नजिक आइरहेको छ । भब्य र सभ्य बनाउन लागिपरौं । प्याब्सनको निर्वाचनमा जसले जिते पनि शिक्षाको क्षेत्रमा काम गर्नेपर्ने हुन्छ । जसले जिते पनि एक अध्याय थपिनेछ । यसको लागि सबै लागिपरौं ।
प्रस्तुति : अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर