पूर्वाञ्चल खबर
जनस्वास्थ्य कार्यालय मोरङ,विराटनगर महानगरपालिका र मोरङ सन्जालले गरेको कार्यक्रममा सहभागी बक्ताहरुले एड्स रोकथाम र संक्रमितहरुका पक्षमा काम गर्ने बताए । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनचेतना दिन आबश्यक रहेको औल्याए । उनले सक्रमित ब्यक्तिहरुको उचित उपचार प्रबन्ध गर्ने बताए ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले खुल्ला सिमा क्षेत्रबाट हुने लागुऔषध सेवन र चेतनाको अभावमा धेरै युवाहरु कुलतमा फसेकोमा चिन्ता ब्यक्त गरे । एड्स रोग र यसका लागि अपनाउनुपर्ने उपचार पद्धती आजको आबश्यकता भएको भन्दै मेयर पराजुलीले महानगरभित्र भएका एच आइ भी प्रभावितहरुको संख्या एकिन गर्ने काम भइरहेको जानकारी दिए ।
उपमेयर इन्दिरा कार्कीले एच आइ भी सक्रमित महिलाहरुको अबस्था अझ दयनिय भएको र यसका लागि विशेष उपचार प्रबन्ध आबश्यक रहेको बताइन ।
मोरङ जिल्लामा १ हजार ५ सय एचआइभी संक्रमित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । अहिले पनि एचआइभी संक्रमितहरु समाजमा खुलेर आउन डराउने गरेकाले पहिचान गर्न समस्या भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कार्यक्रममा एचआइभीको क्षेत्रमा लामोसमयसम्म योगदान गर्ने खगेन्द्र खडका, मुस्कान श्रेष्ठ, रन्जु शर्मा र संजिव खडकालाई सम्मान गरिएको थियो ।