AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय व्यवस्थापन समितिको बैठकमा कुटाकुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७५, शुक्रबार २१:५७
3
Shares
विराटनगर / विराटनगर २ मा रहेको जनता नमुना माध्यामिक बिद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा हात हालाहात भएको छ ।

आज विहान स्कूलमा भएको बैठकमा शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधि विच हात हालाहाल भएको हो । हरेक महिना बैठक बस्ने नियम भए पनि विद्यालयमा भने ५ महिना यता विद्यालय व्यवस्थापन समिति गठन भएपनि बैठक बस्न सकेको थिएन । गत असार ३२ गते नै विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । सौहाद्रपुर्ण भईरहेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद चर्किएपछि शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरिन् । हातपात गर्दा ममताको हातमा चोट लागेको छ ।

वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको बैठकमा विवादपछि माइन्युट दराजमा राखेर नेपालीले दराजको चाबी बोकेर हिडेकी थिइन् । स्कुलमा सुरेश बस्नेत र सुमा कार्कीलाई सदस्यमा मनोनित गर्ने तयारी छलफलमा गरिएको थियो । तर सदस्य सचिव समेत रहेका प्राध्यानाध्यापक बिजय रौनियार र शिक्षक प्रतिनिधि नेपालीले नमानेपछि विवाद उत्पन्न भएको आरोप कर्णले लगाएकी छिन् ।

चार जना अभिभावक प्रतिनिधी र वडा अध्यक्ष सहित पाँच जनाले सदस्य मनोनित गर्ने माइन्युट लेख्नुपर्छ भनेपछि माईन्युट दराजमा राखेको बिषयले उनीहरु बिचमा विवाद भएको बिद्यालय श्रोतले जनाएको छ । बिबाद बढ्दै जादा आफूमाथि कुटपिट भएको ममताले गुनासो गरिन् ।

शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधि बिच विवाद हुदा वडा अध्यक्ष पोखरेल साक्षी थिए । तर प्राध्यानाध्यापक रौनियार भने सामान्य विवाद भएको बताएका छन् । शिक्षक र प्राध्यानाध्यापक बिजयकुमार रौनियार बिचको आन्तरिक कलहका कारण शैक्षिक अवस्था कमजोर बन्दै गएको विद्यालय ब्यवस्थापन समितिका सदस्यको आरोप लगायका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर