पूर्वाञ्चल खबर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज विराटनगरमा आयोजित लैंगिक हिंसा अन्त्यका लागि सरोकारबाला निकायको जिम्मेवारी र भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा वताएका हुन् ।

महिला, बालवालिकातथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कानुन र राजनितिक रुपमा महिलाहरु बलियो बन्दै गएपनि सामाजिक रुपमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताइन् । मन्त्री थापाले यो अभियान १६ दिन मात्र नभई निरन्तर रुपमा चलिरहेर सामाजिक कारणलेनै पीडित हुने अबस्थाको अन्तय गर्न आबश्यक भएको बताइन् ।
कार्यक्रममा प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले सबै खालका हिंसा अन्त्यका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सरकारले प्राथमिकताका क्षेत्रमध्ये हिंसा अन्त्यलाई समेत राखेर अहिले कानुन निर्माणको प्रक्रियामा रहेको बताए । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुचना र प्रविधिकारण बनेर बढेका हिंसा अन्त्यकालागि सचेतना आवश्यक रहेको बताए । एक नम्बर प्रदेशसभाका सभामुख प्रदीप भण्डारी,विराटनगर महानगरपालिकाकाप्रमुख भिम पराजुलीले लैङगीकहिसा अन्त्य गर्न सबै सरोकारवालाहरु एकै ठाउ उभिएर काम गर्नु पर्ने बताए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एक नम्बर प्रदेश भरका स्थानीय तहका जनप्रतिनिधिका प्रमुख तथा उप–प्रमुख, सरकारी नियकाका कर्मचारी तथा प्रदेश सभा सदस्यहरुका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधिको सहभागितामा दुई दिने कार्यक्रमको आयोजना गरीएको छ ।