AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत र पौडेलविच भिडन्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७५, सोमबार ०९:१२
9
Shares
विराटनगर / मंसिर २२ गते हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नयाँ नेतृत्वको लागि दुई वटा समूह चुनावी मैदानमा उत्रिएका छन् ।

प्याब्सन मोरङको निर्वाचनको लागि वर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतको समूह विच भिडन्त हुने भएको हो । विराटनगरस्थित एक होटलमा बसी पौडेल समूहको ७५ जनाको भेलाले दुई वटा पद बाहेक सम्पूर्ण पदमा उम्मेदवारी टुंगो लगाएको छ भने बस्नेत समूहले एक महिना अगाडि उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । रङगेलीस्थित भानु मेमोरिय स्कूलका प्रिन्सिपल समेत रहेका पौडेल पुनः एक पटक प्याब्सनको नेतृत्व दोहो¥याउने तयारीको साथ आफ्नो अभियान थालेका छन् ।

उता सुन्दरहरैचास्थित सिद्धार्थ सेकण्डारी स्कूलका प्रिन्सिपल रहेका बस्नेत प्याब्सनको नेतृत्वमा आएर सुढृढ र समृद्ध प्याब्सन निर्माण गर्ने बताउँदै आएका छन् । बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा सीतला सुब्बा, उपाध्यक्षमा भक्तराज सुब्बा, शुभाष राई, महिला उपाध्यक्षमा रीना थापा, सचिबमा प्रेमलालसिंह सुवालले उम्मेदवारी घोषणा गरिसकेका छन् । सुब्बा सर्वसम्मत रुपमा बरिष्ठ उपाध्यक्ष हुने देखिएको छ ।

पौडेल समूहबाट बरिष्ठ उपाध्यक्ष पद बाहेक अन्यमा मात्र उम्मेदवारी दिने तयारी भएको छ । बस्नेत समूहबाट कोषाध्यक्षमा चण्डी रेग्मी, सहसचिबमा जगतबहादुर बस्नेत, बिष्णु डंगोल, सि.एम. रिजाल र सहकोषाध्यक्षमा देवि सिटौलाको उम्मेदवारी घोषणा गरेको छ । उम्मेदवार घोषणा गरेकामध्ये सुवाल वर्तमान उपाध्यक्ष हुन् भने डंगोल लामो समयदेखि प्याब्सनमा आवद्ध छन् ।
पौडेल समूहबाट उपाध्यक्षमा जेपी मल्ल, सचिबमा पुष्पविक्रम बस्नेत, कोषाध्यक्षमा अनिस रेग्मी, सहसचिबमा अम्लेस ठाकुर, राम दाहाल, महिला सहसचिबमा मनु गुरुङ्गले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेद्वार बस्नेत आफु चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन मैले चुनाव जितेमा प्याव्सन मोरङलाई समृद्धि प्याव्सन, बलियो प्याव्सन, नितीगत रुपमा एकरुपता कायम गर्ने र सरकारका निती नियमलाई निजि विद्यालयमैत्री बनाउनेलगायतका घोषणा पत्र लिएर चुनावी मैदानमा उत्रेको बताए ।

यता शनिबार पौडेल समूहको विराटनगरको एक होटलमा छुट्टै बेला भएर उम्मेदवार घोषणा गरेका हुन् । ‘प्याब्सनको निर्वाचनको लागि सम्पूर्ण पदाधिकारीको उम्मेदवार घोषणा गरिसकेका छौं,’ अध्यक्षका उम्मेदवार पौडेलले भने, ‘अब एजेन्डासहित भोट भाग्न लागि पर्नेछौं ।’ झन्डै २२ वर्ष प्याव्सनमा लागेर विभिन्न पदमा काम गरेको अनुभव अनि बासु सरले राजिनामा दिएको अवस्थामा १ वर्ष प्याव्सन मोरङ सम्मालिसकेपछि स्वभाविक रुपमले पहिलो हक नै मैले अध्यक्ष हुनु पर्ने पौडलेको दावी रहेको छ । मैले पुर्णकालीन रुपमा अध्यक्ष बनेर आफ्नै योजना अन्तरगत प्याव्सनलाई अगाडी बढाउने योजनाका साथ चुनावी मैदानमा उत्रिएको पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर