AArya
RUMPUM
animated ellipse animated ellipse

आधुनिक तालाले पनि रोकिएन इन्धन चोरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७५, शनिबार १९:००
3
Shares
विराटनगर / भारतबाट पेट्रोलिय पदार्थ ढुवानी गर्दा बाटोबाटै इन्धन चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले छ महिना अघि ट्यांकरमा आधुनिक लक स्टिक जडान गरेको थियो । लक स्टिक जडानपछि धेरैलाई लागेको थियो, इन्धन चोरी रोकिने छ । तर, आधुनिक लक सिस्टम जडान हुँदा पनि इन्धन चोरी भइरहेको पाइएको छ ।

भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिलसहित विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा ल्याइएको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको भएको खुलासापछि विराटनगरस्थित आयल निगममा केन्द्रीय कार्यालयको टोलीले छानबिन सुरु गरेको छ ।
आयल निगमको प्रादेशिक डिपोका लागि ल्याएको ट्यांकरको तेल जाँच गर्ने क्रममा झण्डै २ हजार ५ सय लिटर कम देखिएको थियो । तेल चोरी भएसँगै चुहावट रोक्न भन्दै केही समय अगाडिदेखि सुरु भएको लकिङ प्रणालीप्रति पनि शंका उब्जिएको छ । आयल निगमले चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि तेल चोरी नरोकिएको पाइएको हो ।

बिहीवार साँझ बरौनीबाट विराटनगस्थित आयल निगमको प्रादेशिक डिपोका लागि डिजल बोकेर आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापजाँच गर्दा ८३ सेन्टिमिटर (करिब २५०० लि.) डिजेल बाटैबाट गायब भएको पाइएको छ । तेल चोरी भएको ट्याङ्करको लक सिस्टम तोडिएको थिएन् । विराटनगरमा तेल खन्याउने क्रममा नापजाँच गर्दा लक लगाएकै ट्यांकरबाट करिब २५ लिटर डिजेल कम भेटिएपछि चोरीको घटना बाहिरिएको हो ।

उक्त खुलासापछि आयल निगमका केन्द्रीय कार्यालयको उपनिर्देशक अन्जना पोखरेलको नेतृत्वको ३ सदस्यीय टोलीले विराटनगरस्थित आयल निगमको कार्यालयमा शनिबारदेखि छानविन सुरु गरेको छ । आयल निगम १ नम्बर प्रदेश कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले ट्यांकर चालक धर्मेन्द्र स्वर्णकार र ढुवानीकर्तालाई स्पष्टीकरणसहित कारबाही समेत गरेको जानकारी दिए ।

आयल निगमले इन्धन कम भेटिएको लगत्तै २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चालक स्वर्णकारलाई ६ महिना निलम्बन गरिएको, ढुवानीकर्तालाई तीन महिनाका लागि सस्पेनमा राखिएको, ढुवानी कर्ताले चोरी भएको इन्धनको दुई गुणा बढी रकम आयल निगमको खातामा जम्मा गर्नु पर्ने र ढुवानी कर्ता सुखदेव सिंह सरदारको नाममा रहेका कुनै पनि ट्यांकरबाट तेल ढुवानी नगर्ने गरी कारबाही गरिएको प्रमुख यादवले बताए ।

सुखदेव सिंह सरदार भारतीय नागरिक हुन् । सरदारले विराटनगर डिपोमा आफ्ना झण्डै एक दर्जन ट्यांकरबाट नियमति इन्धन ढुवानी गर्दै आएका छन् । चालक स्वर्णकार पनि भारतीय नागरिक हुन् । टयांकर सिल गरेपछि साँचोको जिम्मा आईओसी र निगमको क्षेत्रीय कार्यालय प्रमुखले लिन्छन् । ताल्चाको साँचो गलत ठाउँमा प्रयोग भए कारबाहीको भागीदार हुन्छ । यति हुँदा हुँदै पनि इन्धन चोरी भएको छ ।

निगमले भारतीय आयल निगम आईओसीबाट ढुवानी गर्दा बीच बाटोमा हुने चोरी नियन्त्रण गर्न भन्दै गत फागुनबाट लकिङ प्रणाली सुरु गरेको थियो । ट्यांकरमा लकिङ सिस्टम जडान गरिएकै अवस्थामा कसरी तेल चोरी भयो भन्ने विषयमा आफूहरू अनुसन्धानकै क्रममा रहेको कार्यालय प्रमुख यादवको भनाइ छ ।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला आधुनिक लकिङ प्रणाली जडान गरिएका

ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव हुने बताउँछन् । निरौलाका अनुसार ट्यांकर व्यवसायीहरुकै खर्चमा भारु ८५ हजार गोटाका दरले आधुनिक लकिङ सिस्टम जडान गरिएको हो । विराटनगरमा आधुनिक लक सिस्टम जडान गरिएका ४ सय ट्याङकरहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर