AArya
RUMPUM
animated ellipse animated ellipse

आर्मीले चुमियो नेत्रहिन क्रिकेटको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७५, शनिबार १६:०६
3
Shares
पुष्पराज थपलिया
विराटनगर / त्रिभुवन आर्मीले विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि हात पारेको छ । आर्मीले आज विराटनगरको शहिद मैदानमा सम्पन्न भएको फाइनल खेलमा वर्दियालाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

जवाफमा १ सय ५३ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ५ गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा शन्तबहादुर पहरीले ४४ रन बनाउँदा रमेशबहादुर बानियाले ४१ जोडे । वर्दियाका महेश चौधरी र अरबिन छेत्रीले २–२ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल आर्मीका अलराउण्डर खेलाडी रमेशबहादुर बानिया घोषित भए भने म्यान अफ द सिरिज आर्मीका भरत थापा भए ।

यस अघि टस हारेर ब्याटिङ गरेको वर्दियाले निर्धारित २० ओभरमा ८ विकेट १ सय ५२ रनको योगफल तयार पारेको थियो । वर्दियाका रामप्रसाद पौडेलले ३९ रन बनाउँदा लिल चौधरीले २१ रन योगदान दिए । आर्मीका भरत थापा ३ विकेट र रमेशबहादुर बानिया – २ विकेट लिए । विजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर