RUMPUM
animated ellipse animated ellipse

रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेटमा आर्मी र म्याग्दीलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७५, शुक्रबार १८:१२
3
Shares
पुष्पराज थपलिया
विराटनगर । विराटनगर जारी प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगितामा आर्मी र म्याग्दीले सफलता हात पारेको छ ।

आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले वर्दीयालाई ५७ रनले पराजित गरि समूह विजेत ाबनेको छ भने पराजित वर्दीया उप विजेता रहेको छ ।

टस हारेरर गरेको आर्मीले निर्धारिता २० ओभर खेल्दै १ सय ६६ रन जोडेको थियो । आर्मीका बद्रि चौलागाईंले ३६ रन, शन्तबहादुर पहरीले ३३ रन र रमेशबहादुर बानियाले जोडे । वर्दीयाका लिल चौधरीले २ विकेट तथा रामप्रसाद पौडेल र रुपलाल चौधरी १–१ विकेट हात पारे ।

ज्वाफमा १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको वर्दीयाले १२ दशमलव ३ बलमा अल आउट हुँदै १ सय ८ रनमा सिमित भयो । वर्दीयाका राधेश्याम चौधरी र रुपलाल चौधरी समानले २४ रन तथा महेश चौधरीले १२ रनको योगदान दिए । आर्मीका म्यान अफ द म्याच रमेश बानियाले ४ विकेट , गीता पौडेलले ३ विकेट र भरत थापाले २ विकेट लिए ।

त्यस्तै दोस्रो खेलमा म्याग्दीले झापालाई ५० रनले पराजित गरि सान्तवना जित हात पारेको छ । टस हारेर ब्याटिङ गरेको म्याग्दीले निर्धारित २० ओभरमा ३ विकेट १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । म्याग्दीका सुनिल रानाले ६२ बलमा विस्फोटन ब्याटिङ गर्दै ६२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै अविजित १ सय ३ रन बनाउँदा बिनिता पुनले ३३ रन र लक्ष्मण बुढाले १४ रन जोडे । झापाका आकाश राई, होमेंद्र ढुंगेल र दिपेश गुरागाई १–१ विकेट लिए ।

जवाफमा १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको झापाले १९ दशमलव ३ बलमा १ सय ४८ रन बनायो । झापाका रविन जिमीले ३४ रन बनाउँदा दिपेश गुरागाईले २७ रन तथा अभिषेक बिक र दुर्गा चौलागाई १४–१४ रनको योगदान दिए । म्याग्दीका सरिता घिमिरे ३ विकेट तथा सुनिल राना, र विशाल बिक २–२ विकेट विकेट लिए । खेलको म्यान अफ द म्याच म्याग्दीका अलराउण्डर खेलाडी सुनिल राना घोषित भए । फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर