पूर्वाञ्चल खबर
आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले हिजो विराटनगरमा जिपी कोइराला फाउण्डशेनको उद्घाटन समारोहमा तीन कोइराला नेता एउटै मालामा स्वागत हुन राम्रो भएको बताउँदै कोइरालाको एकताले पार्टीलाई फाइदा पुग्ने समेत बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेको सभापति देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले यस भित्र गुट उपगुट हुने वताउँदै विगतमा पनि पार्टी सभापति स्व. गिरिजाप्रसाद हुंदा पनि विधान अनुसार सञ्चालन नभएको प्रष्ट पारे । पार्टी भित्र आन्तरिक द्ध्रन्द भएपनि यो अराजक नभएको वताउँदै पार्टीको महाधिवेशन तोकिएको समयमा हुने छ सभाति देउवाले भने ।
सरकारले मलुकमा अधिनायकवाद कायम गरी कव्जा गर्न लागेको आरोप लगाउँदै सभापति देउवाले यसका विरुद्ध काँग्रेस आन्दोलन गर्ने समेत बताए ।