पूर्वाञ्चल खबर
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि पतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगिता मंसिर ५ देखि ८ गतेसम्म विराटनगरको शहिद मैदानमा हुने प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया तथा त्रिभुवन आर्मी क्लवका द्धन्द पिडित घाइते सैनिक गरी चार टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितिया हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोतिा वि– वन, वि– टु तथा वि थ्रीको आधारमा खेलाइने छ ।
नेपालमा २०६३ सालमा नेत्रहिन क्रिकेट संघ स्थापना भएको हो । १ सय १० जना नेत्रहिन खेलाडिले आधारभुत तालिम प्रदान गरिएको छ । नेपालमा पाँच सय नेत्रहिन क्रिकेट खेलाडि मध्ये २ सय महिला खेलाडि रहेका छन । नेत्रहिन क्रिकेटसंघ , विराटनगर महानगरपालिका तथा स्थानिय समुदायको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
दिष्टिविहिनहरुले पनि राम्रो खेल्न सक्छन र उनीहरुपनि मुलुकका लागी केहि गर्न सक्छन भन्ने देखाउन पहिलो पटक विराटनगरमा प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष पवन घिमिरेले वताए । उनका अनुसार नेपालका नेत्रहिन क्रिकेट खेलाडीले वंगलादेश, न्यूजिल्याण्ड तथा दक्षिण अफ्रिका जस्ता टेष्टमान्यता राष्ट्रलाई पराजित ग िसकेको छ ।
डिसेम्वर २६ मा पाकिस्तानमा हुन लागेको अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगितालाई समेत यस टुर्नामेन्टले वल पुग्ने अध्यक्ष घिमिरेले वताए ।