CLASSICTECH NET

उदाउँदो सूर्यलाई अर्घ दिदै छठ पर्व सम्पन्न(फोटो फिचर)

खबर पूर्वाञ्चल, २८ कार्तिक २०७५, बुधबार ०८:०६
सुनसरी मोरङको सिंचाइको नहरमा उदाउँदो सुर्यलाई अर्घ दिदै ब्रतालूहरु। तस्वीर : पुष्पराज थपलिया /खबर पूर्वाञ्चल

विराटनगर/छठ पर्व समापन भएको छ । सोमबारदेखि सुरु भएको छठ पर्ब आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । उिदाउँदो सूर्यलाई अर्घ दिन नदी तलाउ तथा खोलाहरुमा सर्बसाधरणको भिड लागेको थियो ।

हिजो साँझ अस्थाउदो सूर्यलाई अर्घ दिएर खोलामै जाग्राम बसेका भक्तालुहरुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर आफ्नो ब्रत सकेका हुन् ।

विराटनगरको सिंघीया, केसलीया खोला,तथा सुनसरी मोरङ सिंचाइ आयोजनाको साखा नहरमा हजारौं श्रद्धालुहरु पुगेका थिए । मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो बढी देखिएको थियो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएका थिए ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु पुष्पराज थपलिया

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५