AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुससम्म कर्मचारी समायोजन हुन्छ : मन्त्री पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७५, मंगलवार १९:५२
3
Shares
फाइल तस्वीर
विराटनगर / आगामी पुस मसान्तसम्म तीन तहमा कर्मचारी समायोजन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै पण्डीतले कर्मचारी समायोजना सम्वन्धी अध्यादेश मन्त्रीपरिषदमा छलफल पछि लोकसेवा आयोगमा परामर्शकालागि पठाएको बताउँदै तीन तहमा कर्मचारीहरु सम्वन्धी समस्या समाधान हुने बताएका हुन् ।

मन्त्री पण्डितले कर्मचारी समायोजन ऐन अध्यादेश आएपछि खटिएको क्षेत्रमा कर्मचारी गई जनताको सेवा सुविधाको हितमा कार्य गर्नु पर्नेमा जोड दिए । उनले कर्मचारी समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिएको बताउदै प्रदेश लोक सेवा ऐन नबन्दासम्म संघीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुल्ला गरी कर्मचारी खटाउने जानकारी दिए ।
विगतमा प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताको आधारमा सचिव सरुवा गरेको स्पष्टता पार्दै कर्मचारी ऐन आएपछि निश्चित अवधि पुरा नभएसम्म सरुवा बढुवा नहुने जानकारी दिए ।

आफूलाई वदनाम गराउने उद्देश्यले कपोकल्पित रुपमा मिडियाले समाचार सम्प्रेषण गराएको आरोप लगाउँदै उनले “कार्यालयदेखि निवासको भान्सासम्म आफू पत्रकार मैत्री रहेको बताए । मन्त्री पण्डितले वर्षात र चाँडपर्व पनि सकिएकोले सरकारले सुशासन र विकासको काममा तिव्रता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर