पूर्वाञ्चल खबर
बुधबार र बिहिबार गरिने छठ पुजाका सामाग्रीहरु अव स्वदेशकै प्रयोग हुने भएका हुन् । मोरङ, झापा, सुनसरीलगायतका जिल्लाहरुमा उत्पादन गरिएका पुजा सामाग्रीहरुले छठ पर्व धान्ने भएको हो । केरा , नाङलो ,कुनिया,ढाकी , माटाको दियो, घडा, बेसारको बोट, उखु बैगुन, लौकाजस्ता नेपालमै उत्पादन भएका पुजाका सामाग्रीले छठ पर्वलाई धान्ने भएको हो ।
विराटनगरको ठुलो केरा व्यापारी संजय खट्टीलका अनुसार ४ सय घरी केरा सुनसरी र झापाबाट आयात गरीसकेको बताए । उनले केरा आयातको लागी नेपाल भारत जाने बाध्यता हटेको बताए । संजयले सुनसहरीको भुटाहा , हरी नग्राबाटै धेरै जसो छठ पुजाकालागी काँचो केरा ल्याएको बताए ।
त्यसैगरी विराटनगरको ठुलो होल्सेल केरा ल्याउने चालक एमडि मुन्नाले ४ ट्रक काँचो केरा छठ पुजाकोलागी बिक्री भईसकेको बताए । उनले थप ४ ट्रक केरा ल्याएर बिक्री गर्ने जनाएका छन । ल्याईएका काँचो केरा बिक्री हुदा ४ लाख रुपैयाको कारोबार हुने उनले बताए ।
त्यस्तै नरिवल चाँहि भारतको मद्रासबाट ल्याईएको छ । प्रत्येक बर्ष नेपालकै नरिवलले छठ पुजा धान्दै आएकोमा यसबर्ष नरिवल खेति मासिएकाले भारतको मद्रासबाट नरिवल आयत गर्नुपरेको व्यपारीको भनाई छ ।
स्वदेसी उत्पादनमा आत्मा निभर बन्न सरकारले चासो नदेखाउँदा मुलुक विदेशी वस्तुमा र्निभर बन्न बाध्य छ । त्यसैले स्वदेशी उत्पादनलाई बढ्वा दिन नसक्नु राज्य संञ्चालकहरुको कम्जोरी हो । त्यसलाई सच्याउन पर्ने व्यपारीहरु बताउँछन् ।