पूर्वाञ्चल खबर
विगत १८ वर्षदेखि नेपाली पत्रकारिता र साहित्यमा सक्रिय नवोदितसहित विभिन्न व्यक्तिहरुलाई नेपाल सम्वत् ११३९ को अवसर पारेर झी पुचःले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सिर्जना प्रधान, झी पुचःका अध्यक्ष बुद्धरत्न उदासलगायतले नवोदितलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । नवोदित मकालु टेलिभिजनका सहसम्पादक, कारोबार दैनिकको प्रदेश–१ का संयोजक र विराट सन्देशका सम्पादक हुन् । उनका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ कवितासंग्रह प्रकाशित छन् ।
त्यस्तै समारोहमा शिक्षा र सञ्चार क्षेत्रमा योगदान पु¥याएकोमा वीएफएमका प्रमुख कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ, पर्यटन क्षेत्रमा योगदान पु¥याएकोमा भविसकुमार श्रेष्ठ, मिस नेवा ११३८ की विजेता सुधा श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै नेपाल भाषामा स्नातकोत्तर गर्ने सिर्जना श्रेष्ठ, नेवार समुदायका अग्रज हरिदेवी ताम्राकार र पूर्वडीआईजी बद्री प्रधानलाई विशेष सम्मान प्रदान गरिएको झी पुचःका हरिबहादुर श्रेष्ठले जानकारी दिए । एसईईमा उत्कृष्ट अंक ल्याउने नर्वदा श्रेष्ठ र प्रशन्न राजभण्डारीलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै समारोहमा नेपाल सम्वतको क्यालेण्डर र झी पुचःको मुखपत्रको पनि विचोचन गरिएको थियो । नेपाल सम्वतको अवसर पारेर झी पुचःले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।