RUMPUM
animated ellipse animated ellipse

पत्रकार दास प्रहरी भ्यानमै दुई घण्टा बन्धक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७५, बुधबार १८:१५
3
Shares
विराटनगर / प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरेको छ ।

विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ भन्दै मोबाइल र पत्रकार परिचय पत्र खोसेर जर्बजस्ती भ्यानमा कोच्दै दुई घण्टा विराटनगर बजार घुमाएको दासले बताए ।
‘पत्रकार हुँ’ भनेर परिचय दिँदासमेत ‘तँ जस्ता पत्रकारले नै हो बिगारेको’ भन्दै परिचय पत्र र मोबाइल खोसेर लगेको दासले बताए । उनी नेपाल पत्रकार महासंघका सदस्य समेत हुन । सिभिलमा रहेका घुमुवा जस्ता देखिने प्रहरीले सर्वसाधारणकै बीचमा गाली गलौज र अपशब्द प्रयोग गर्दै भ्यानमा लगेर कोचेको उनले बताए ।

पत्रकारलाई बन्धक बनाई वडा प्रहरी कार्यालयको टोलीले दुई घण्टा घुमाई भट्टीमोडबाट छाडिएको विषयमा आफूँलाई जानकारी प्राप्त नभएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए । भने,‘के भएको रहेछ म बुझ्छु ।’ तर, केसीले घटनाबारे खासै चासो दिएनन् ।

पत्रकार दासले पत्रकार भएको परिचय खुल्ने प्रमाण दिंदा दिदैं ‘जंगबहादुर शैलीमा’ प्रहरीले दुव्र्यवहार गरेको गुनासो गरे । घटनाको निन्दा गर्दै नेपाल प्रेस युनियन मोरङले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न प्रहरीलाई कार्वाही गर्न र पत्रकारले स्वतन्त्रता पूर्वक रिर्पोटिङ गर्ने अवस्थालाई कुण्ठित नगर्न ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर