AArya
RUMPUM
animated ellipse animated ellipse

हतारै हतारमा ‘घिन घिन मादल…’ देउसी गीत(भिडियोसहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७५, मंगलवार १८:१४
3
Shares
तिहारको मुखमा गायक देव गुरुङले तीन दिनमा तिहार गीत सार्वजानिक गर्ने निधो गरें । सोही अनुरुप अशोक थापा एरेन्जरलाई अगाडिको एक लाइन गीत म्यासेन्जरमा पठाए । अनि गायक देव गुरुङ र गीतकार गणेश वाछाना राई रेकर्डिङ स्टुडियोमा पुगें ।

गायक गुरुङले गीत रेकर्डको लागि टेक लिन थाले गीतकारले गीत लेख्दै दिदंै गीत तयार भयो २ घन्टामा । त्यसपछि भिडियो साँझ खिचियो ।

यसरी हतारै हतारमा तयार भयो ‘घिन घिन मादल…’को म्यूजिक भिडियो । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने अशोक राई, पत्रकार गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, टाइगर लिम्बु, बिजय लिम्बु, भूमि पाठकलगायतले पनि सह–अभिनय गरेका छन् । जमर्काे इन्टरटेनमेन्टद्वारा युट्युवमा हालिएको यस गीतलाई देवराज सिग्देलले खिचे र अभिषेक मगरले कोरिग्राफी गरे भने निर्देशन सन्तोष राईले गरे । तीन दिनमा नै देउसी गीत ? भन्ने प्रश्नमा गायक तथा संगीतकार देव गुरुङ भने –‘मलाई मुड चल्यो आखिर मनले चाह्यो भने तीनै दिनमा दिनमा गीत सँगै म्यूजिक भिडियो पनि तयार पार्न सकिंदो रहेछ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर