AArya
RUMPUM
animated ellipse animated ellipse

तत्काल मन्त्री हेरफेरको सम्भावना छैन– अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७५, सोमबार १२:४९
3
Shares
विराटनगर / राष्ट्र र जनतालाई दीर्घकालीन फायदा गराउने दृष्टिले सरकार तीव्र गतिमा अघि बढिरहेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए । विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा वताएका हुन् ।

सरकारले निर्वाचनका समयमा जनता माझ जारी गरेको घोषणापत्र अनुसार पांच वर्ष भित्रमा पूरा गर्ने अठोठ बोको चर्चा गर्दै पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले पार्टीमा भोलि आउने अप्ठ्यारोलाई अहिले नै निराकरण गर्ने उद्देश्यले एकतामा ढिलो भएको कुरामा जोड दिए । अध्यक्ष प्रचण्डले केन्द्रमा विवाद भएर पार्टी एकतमा ढिलो भयो भन्ने होइन यसका लागि बनेको कार्यदलको सुझाव अनुसार नै पार्टी अघि बढ्ने विश्वास व्यक्त गरे । दुवै अध्यक्षबीच सहमति र सल्लाह अनुसार नै काम भइरहेको वताउंदै उनले सरकारको छिमेकी राष्ट्रहरुसंग सौहार्दपूर्ण सम्बन्ध रहेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । ‘हिलोमैलो सिजनमा एक नम्बर गियरमा चलेको छ । अब गियर फेरेर पनि सरकार अगाडि जान्छ,’ उनले भनेका छन् । उनी नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर