AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षालाई प्रविधि र सीपसँग जोडिन्छ : मन्त्री ढकाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७५, आईतवार १९:३०
3
Shares
विराटनगर / संघिय सरकारका कानूनमन्त्री भानुभक्त ढकालले चाँडै शिक्षा निति परिवर्तन हुने बताएका छन् ।

आज विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको रजतजयन्तीको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउन पनि शिक्षा निति परिवर्तन गर्न आवश्यक रहेको तर्क गरे । उनले भने,‘यहाँबाट मेरो ध्यानआकृष्ट भएको छ, शिक्षालाई प्रविधि र सीपसँग जोडेर अघि बढ्नुपर्छ ।’

२५ वर्ष अघि ८० जना विद्यार्थीबाट अध्ययापन गरेको स्कुलले अहिले दुई हजार ५ सय भन्दा बढी विद्यार्थीलाई अध्ययापन गराइरहनु महत्वपुर्ण विषय रहेको बताए । विद्यालयबाट उत्पादित विद्यार्थीले देशको सुन्दर भविष्य निर्माण गर्ने तर्क गर्दै उनले विद्यालयले प्रविधि र सीपलाई सँगै अघि बढाउन गरेको प्रयासको प्रशंशा गरे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले वितेका २५ वर्षमा अभिभावकले देखाएको अटुट विश्वास र मायाका कारण सफलता मिलेको बताए । उनले अभिभावकको विश्वास जित्न विद्यालयका सवै टीमको उत्तिकै मेहनत रहेको समेत बताए । सवैको मेहनत, अभिभावकको विश्वास र विद्यार्थीहरुको लगनशिलताकै कारण विद्यालयले ४ पटक राष्ट्रिय पुरस्कार पाउन सफल भएको उनले बताए ।

प्रिन्सिपल पुरीले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न एभरेष्टले निकै मेहनत गर्दै आएको भन्दै राष्ट्रको समृद्धिको नारा सार्थक बनाउन विद्यालयले नर्सरीदेखि यूकेजीसम्म प्रविधि मैत्री अध्ययापन शुरु गरेको बताए । देशले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारा बनाउन शिक्षालाई प्रविधि र सीपसँग जोड्न आवश्यक रहेको तर्क गरे । उनले भने,‘हामीले शिक्षालाई प्रविधि र सीप सँग जोड्न सके मात्रै देशलाई समृद्धीको दिशातर्फ चाँडो अघि बढाउन सक्छौं, यसकालागि शिक्षा निति सोहि अनुरुप बनाउन संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

विरेन्द्रसभागृहमा आयोजित कार्यक्रममा विद्यालयका बालबालिकाले विभिन्न संस्कृति झल्कने प्रस्तुती देखाएर अतिथि तथा अभिभावकहरुलाई भरपुर मनोरञ्जन दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर