AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्मला हत्या प्रकरण: सय दिन पुरा, प्रगति शून्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७५, शुक्रबार ०८:२१
18
Shares
काठमाडौं । भीमदत्त नगरपालिका –२ की १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ । यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनले नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन गर्यो।

न्यायका लागि चौतर्फी दबाब बढिरहँदा पनि सरकार हत्यारा पत्ता लगाउन सफल हुन सकेको छैन्। अनुसन्धानमा सही प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपिरहेको प्रहरीले चित्तबुझ्दो तथ्य बाहिर ल्याउन नसकेका कारण अहिले विवादितमा छ ।

प्रहरीको अनुसन्धानपनि शुन्य छ। अहिलेसम्म अनुसन्धानमा ठोस् प्रगति केही भएको छैन्। कञ्चनपुरका प्रहरी उपरिक्षक एसपी कुवेर कडायले भने , निर्मला हत्यारा पत्ता लगाउन नसक्नुको कारणबारे चियापसलदेखि सार्वजनिक स्थलसम्ममा विभिन्न तर्कवितर्क सुनिने गरेका छन् । त्यसैले हत्यारा पत्ता लगाउन नसक्नु आफैमा लाजको बिषय बनेको अाजकाे नागरिक दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर