AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ज्यान जोगाउन चोरसँग यौन सम्पर्क

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ कार्तिक २०७५, शुक्रबार ०८:१३
3
Shares
सल्यान । गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी सल्यानको सिमखर्ककी केवली नेपालीलार्इ सोहि ठाउँ निवासि राजु भनेर चिनीने वीर बहादुर वस्नेतले हत्या गरेको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मेलन र प्रेश विज्ञप्ती मार्फत यस्तो जानकारि गराएको हो । असोज २२ गते भारत बाट भखरै आएकी शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षीया केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् ।

उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षीय बिर बहादुर बस्नेतलार्इ केवली संग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्यासम्म भएको खुल्न आएको छ ।

असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्रबहादुर शाहीको टोली पुगर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो ।

टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरु सँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी वर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिरबहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए । प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।

पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्को हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिरबहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले वीरबहादुरलाई आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । खाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिरबहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् ।

ज्यान लिन आँटेको बिरबहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्यो । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामीसंगै सुत्यौँ,’ बिरबहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी वीरबहादुरले बताएको आजको समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर