RUMPUM
animated ellipse animated ellipse

छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ कार्तिक २०७५, बिहीबार २०:२५
3
Shares
विराटनगर / १ नम्बर प्रदेश अन्तर्गत सुनसरी र झापामा आज भएको सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका-२ स्थित मदर्सा भन्ने स्थानमा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।

दिउँसो करिब साढे १ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३३ प ८४२३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ५४२१ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडी सवार ईटहरी उप महानगरपालिका ३ बस्ने बर्ष५६ को लक्ष्मण राई गम्भिर घाईते भई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी झापाको गौरादह नगरपालिका-७ स्थित बराल चौकमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आज बिहानको समयमा भित्री सडक खण्डमा गौरीगन्जबाट गौरादह तर्फ जादै गरेको १ ह ५९३१ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित सडकमा पल्टिएको थियो ।

दुर्घटनामा गौरीगन्ज गाउँपालिका-६ बस्ने बर्ष ४० की भुमिका सुबेदी,बर्ष ४० की शोभा सुबेदी, बर्ष ६० की हेमा सुबेदी र बर्ष ४२ को ईन्द्र सुबेदी घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर