CLASSICTECH NET

काबुल कारागार नजिक आत्मघाती आक्रमण

खबर पूर्वाञ्चल, १५ कार्तिक २०७५, बिहीबार ०९:११

अफगानिस्तान /अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसलाई लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरूले बताएका छन् ।

प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताए । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताए ।

कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए ।

विष्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकुहरूले पछिल्ला महिनाहरूमा काबुलमा आत्मघाती आक्रमणमा तीव्रता दिएका छन् ।

काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिनपछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका थिए ।

अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् ।

अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिवानका प्रतिनिधिहरूसँग कतारमा भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिवानका एक जना उच्च कमाण्डरलाई मुक्त गरिएको थियो ।

एकजना वरिष्ठ तालिवानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरूलाई मुक्त गर्न आग्रह गरिएको बताए । एएफपी /एजेन्सी

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५