पूर्वाञ्चल खबर
पथरी शनिश्चरे ३ सिरिजंगा चोकका खेमराज तुम्बापोले आफ्नो श्रीमती कुमारी तुम्बापोको स्मृतिमा डेढ कट्टा जमिन क्लबलाई प्रदान गरेको छ । करिब ५ लाख मूल्य पर्ने सोही जमिनमा २ लाख ६० हजारको लागतमा मैदान क्लबले बनाउँदै छ । स्थानीय तथा हाल बैदेशिक रोजगारको क्रममा कुबेत रहेका मनोज आङ्बुहाङले २० हजार सहयोग प्राप्त भएको क्लबका उपाध्यक्ष सरोज लिम्बुले बताएका छन् । उनले तिहारपछि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मैदानमा इट्टाको दिवाल, तारजालीलगायत काम गर्ने जनाएका छन् ।