RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा याेजना अायाेग गठन, उपाध्यक्षामा सुवोधराज प्याकुरेल नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७५, बुधबार १५:५७
3
Shares
कुुमोद अधिकारी
विराटनगर / एक नम्वर प्रदेश सरकारको आज वसेको मन्त्री परिषद वैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।

वैठकले आयोगको गठन आदेश पास गर्दै उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मिना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ ।

मन्त्री परिषद वैठकपछि आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री एंव सरकारका प्रवक्ता हिकमत कार्कीले प्रदेश नम्वर एकको सार्वजनिक खर्च मापदण्ड र मितीव्ययता सम्वन्धि निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय गरेको वताए ।

वैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिका स्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि वढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिम दुई वटा शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृती प्रदान गरेको छ । त्यसका लागी संघिय सरकारवाट १७ करोड रुपैया विनियोजित भइसेको छ ।

यसैगरी मन्त्री परिषद वैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पती प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । यसैगरी संविधानसंग मेल खाने सरकारी कार्यालयका नामलाई १५ दिनभित्र परिमार्जन गर्ने तथा कोशी प्रतिष्ठान विधेयक मस्यौदामाथी स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी वैठकले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृती प्रदान गर्ने तथा झापाको दमकमा रहेको ग्रामिण सडक सुधार संन्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने मन्त्री परिषदले निर्णय गरेको मन्त्री कार्कीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर