AArya
RUMPUM
animated ellipse animated ellipse

ईकुको स्नेह वाल आश्रमलाई माउण्ट एभरेष्टको आर्थिक सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार २०:३६
3
Shares
काठमाडौं / वैदेशिक रोजगारीमा विभिन्न मुलकमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट सेवा समाज नेपालले शुलेमान शंकर‘ईकु’ले सञ्चालन गरेको स्नेह वाल आश्रमलाई नगद ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

काठमाडौं मुलपानीमा अवस्थित वाल आश्रमको भवन निर्माण सहयोगार्थ माउण्ट एभरेष्टले उक्त नगद सहयोग गरेको हो । संस्थाकी उपाध्यक्ष शोमा क्षेत्री,कोषाध्यक्ष प्रमिला भेटवाल, ,सदस्य देवी खनाल कानुनी सल्लाहकार देवेन्द्र बुढाथोकी र प्रभा पण्डितले उक्त नगद संयुक्त रुपमा शुलेमान शंकरलाई हस्तान्तरण गरे ।

सोहि अवसरमा माउण्ट एभरेष्टले त्यहाँ आश्रीत वालवालिकालाई स्टेसनरीका समाग्री,न्यानो कपडा प्रदान गदैं बिहानको खाना तथा खाजा पनि खुवाएको थियो । भुकम्पबाट पीडित भएका वालवालिकालाई स्नेह आश्रमले आश्रय दिएको छ । आश्रमका अध्यक्ष शुलेमान शंकरले माउण्ट एभरेष्टका परिवारलाई सहयोगको लागि धन्यवाद प्रकट गरेका छन् । हाल आश्रमको भवन नभएका कारण समस्या भएको बताउदैं ईकुले भवन निर्माणमा उक्त नगदले सहयोग पुगेको बताए । आफ्नो कलाकारिता क्षेत्रबाट कमाएको रकमले वालवालिका पालिरहेको बताउदैं सबैमा उनले सहयोगको अपिल पनि गरेका छन् । पत्रकार तेजन खड्काले माउण्ट एभरेष्टको कामको प्रशंषा गरे । उनले भने, पारिवारिक जिम्मेवारीको साथ विदेशमा कमाएको रकमले सेवा गर्नु चानचुने कुरो होईन् ।

माउण्ट एभरेष्टकी उपाध्यक्ष शोभा क्षेत्रीले सामाजिक कामको लागि माउण्ट एभरेष्ट क्रियाशिल रहेको बताईन् । संस्थाका पदाधीकारीहरुबाट सहयोग संकलन गरेर सहयोग गरेको बताउँदैं उनले भनिने सामाजिक कामलाई संस्थाले निरन्तरता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर