पूर्वाञ्चल खबर
स्थानिय तह र स्थानिय प्रहरीबिच प्रभावकारी समन्वय र सहकार्यगरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न उक्त कार्यक्रम लागु गरिएको हो । नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरु र विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता हुनेगरी जिल्ला, वडा, टोल र विद्यालय स्तरमा समेत समितिहरु गठन गरि बृहत साझेदारी निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको शान्ति सुरक्षा कायम राख्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारको योजना प्रदेश १ लाई भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने लक्ष्यकासाथ समुदायीक प्रहरी साझेदारी कार्यक्रम ल्याएको वताए ।
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एक नम्बर प्रदेशको जनसंख्याको तुलनामा सुरक्षाकर्मीको संख्या कम रहेको बताए । अहिलेको तत्काल जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताउँदै उनले भएको जनशक्तिलाइ नै प्रवधियुक्त र जनतासंग एकाकार बनाएर शान्ति सुरक्षा कायम राख्न उक्त कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सामजिक विकास मन्त्री जिवन घिमीरेले कार्यक्रमले जनता र प्रहरी विचको दुर घटाउने बताए ।
कार्यक्रममा नेपाल प्रहरीले तयार पारेको साझेदारी पत्रमा स्थानीय तहका प्रमुख र मोरङ प्रहरी प्रमुख मनोज केसीले हस्ताक्षर गरेका छन् । उर्लाबारी नगरपालिकाका मेयर खडग फागो, रतुवामाई नगरपालिकाका मेयर रविन राई, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, सुनवर्सि नगरपालिकाका मेयर कालिप्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममां प्रदेश १ प्रहरीका प्रमुख केदार रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणबारे जनाकारी गराए ।
एक नम्बर प्रदेशमा ११ हजार सुरक्षाकर्मी कार्यरत छन् । विप्द व्यवस्थापन, साइवर सुरक्षा, प्राकृतिक श्रोत दोहन नियन्त्रण, मानव वेचविखन, लागु औषध, मदिरा, महिला हिंसा नियन्त्रण, सडक सुरक्षा लगायतका विषयलाइ प्राथमिकतामा राखेर उक्त कार्यक्रम संचालन गरिएको हो ।