AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेकपा मोरङको चियापानमा अध्यक्ष प्रचण्ड आउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार १७:०५
3
Shares
फाइल तस्वीर
विराटनगर / नेपाल कम्युनिष्ट पार्टी नेकपा मोरङले कार्तिक १९ गते विराटनगरमा चियापान समारोह आयोजना गर्ने निर्णय गरेको टछ । दसैं, तिहार, छठ लगायत यस वर्षका सम्पूर्ण चाडपर्वहरुको सन्दर्भमा शुभकामना आदानाप्रदान गर्न चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा ५ हजारको सहभागिता रहने नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमलाई भव्यता दिन जिल्ला स्थित नेकपाका प्रमुख नेताहरु सम्मिलित मुल व्यवस्थापन समिति गठन गरिएको छ भने बाबुराम कार्कीको नेतृत्वमा ३६ सदस्यिय प्रचार उपसमिति गठन गरिएको छ ।

प्रचार उपसमितिले प्रभावकारी सहभागिताकालागि निमन्त्रणा पत्र लगायत सूचना संयन्त्रको समुचित परिचालन गर्ने बताइएको छ ।

शुभकामना आदानप्रदान तथा चियापन कागतिहारका दिन कार्तिक १९ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म कार्यकर्ताबीच प्रशिक्षणमुलक कार्यक्रम हुने छ । २ बजेदेखि साँझ ६ बजेसम्म आगन्तुक पाहुना, सुभचिन्तक सामाजिक व्यक्तित्वहरुकाबीच शुभकामना आदानप्रदान गरिने छ ।

शुभकामना आदानप्रदानकालागि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डको सहभागिता रहने सम्भावना बढी रहेको नेताहरुले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर