AArya
RUMPUM
animated ellipse animated ellipse

काभ्रेको सवारी दुर्घटनामा डीआईजी भण्डारीसहित तीनको मृत्यु , ३ गम्भिर घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७५, शनिबार १८:४०
3
Shares
काभ्रे / काभ्रेको मण्डनदेउपुरमा भएको निजी सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेस प्रदेश ३ का संयोजक विनोद कार्कीको मृत्यु भएको हो ।

दुई जनाको घटनास्थलमा र डीआईजी भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

घाइतेहरू सशस्त्र प्रहरीका पूर्व डीएसपी विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटी रहेका छन् । उनीहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर