AArya
RUMPUM
animated ellipse animated ellipse

भलिबलको उपाधि रकम भागबण्डा, रात परेपछी पुरै खेल खेलाउन सकिएन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७५, शनिबार २०:०९
3
Shares
इटहरी / इटहरीमा सञ्चालित प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रकम दुबै टिमलाइ बराबरी बांडिएको छ ।

शनिबार भएको फाइनलमा शिखर सुज र एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर बिचको खेल रात परेपछी पुरै खेलाउन सक्ने अवस्था नभएपछी बांडिएको हो । बेस्टअफ ५ को खेल ४ सेट खेलाएपछी बांकी एक खेल खेलाउन समय अभाव भएको थियो । यसअघि दुबै टिमले दुई–दुई सेट जितेका थिए । बांकी निर्णायक एक सेट अध्यारोका कारण खेल्न नसक्ने अवस्था भएपछी राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टको रोहबरमा पुरस्कार राशी बांडिएको हो ।

विजेतालाइ नगर्द ७५ हजार र शिल्ड तथा उपबिजेताले नगद ३५ हजार र शिल्ड दिइने बताइएको प्रतियोगितामा दुबै टिमलाइ नगद ५५–५५ हजार बाडिएको हो । विजेताले पाउने शिल्ड भने गोला प्रथा गरिएको थियो । गोला प्रथामा पुलिस भाग्यमानी ठहरियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका गोविन्द थापा भए । उनले नगद ५ हजार पाए । यस्तै बेस्ट लिफ्टर शिखर सुजका मुस्कान लिम्बु, बेस्ट ब्लकर एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरका भुवन खड्का र स्पाइकर प्रदिप श्रेष्ठ घोषित भए । उनीहरु सवैले जनही नगद २ –२ हजार पाए । विजयी सबै खेलाडी तथा टिमलाइ राखेप सदस्य सचिव बिष्टले पुरस्कार प्रदान गरे । प्रगती समाज सेवा क्लबले आयोजना गरेको प्रतियोगिताको गत बिहिबारदेखि शूरु भएको थियो ।

क्लबका अध्यक्ष बिक्रम थापाका अनुसार क्लबले प्रत्येक बर्ष बडा दशै तथा शुभ दिपावलिको अबसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । तीन दिन सम्म सञ्चालित चौथो संस्करणको प्रतियोगितामा विभागिय टिम सहित १० टिमको सहभागिता रहेको थियो । विगत बर्ष विश्व आदर्श स्कुलको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता यसबर्ष क्षेत्रिय रंगशालामा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर