पूर्वाञ्चल खबर
आज भएको अन्तिम सेमिफाइनल खेलमा धरानको गोधुली टेनिङ सेन्टरलाइ २–१ गेल अन्तरले पराजित गर्दै राजा क्लब उपाधि नजिक पुगेको हो ।
राजा क्लबलाई बिजयी गराउन एलोन राइ र नितेश तामाङले १–१ गोल गरे । गोधुलीका लागी बिरेन्द्र लिम्बुले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच बिजयी टिम राजा क्लबका दिलबहादुर तामाङ घोषित हुदै नगद १ हजार र ट्रफी पाए । प्रतियोगिताको उपाधी भिडन्त आइतबार हुनेछ । आइतबार हुने फाइनलमा राजा क्लबले दंगा प्रहरी दुहबीको सामना गर्नेछ । यसअघि बिहिबार भएको खेलमा चौधरी कन्टक्सन पकलीलाइ पराजित गर्दै दंगा प्रहरी उपाधी नजिक पुगिसकेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित टफी पाउने आयोजकले जनाएको छ ।