RUMPUM
animated ellipse animated ellipse

‘विराट ट्रेड एक्स्पो ’ हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ आश्विन २०७५, बुधबार १८:०९
3
Shares
विराटनगर / मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ ।

संघले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म हुने भएको हो । एक्स्पोमा विदेशको समेत स्टलहरू रहने भएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए । प्रत्येक वर्ष संचालन हुँदैे आएको एक्स्पोमा नेपाली तथा छिमेकी राष्ट्रहरूको लगानिकर्ता र उत्पादक, वितरक र निर्यातलाइ एकै ठाउँमा राखि प्रत्यक्ष रुपमा अवलोकन गराउने उद्देश्यले एक्स्पो गरिएको हो । ९ दिनसम्म संचालन हुने एक्स्पोलाई चार भागमा विभाजन गरिएको कार्यक्रम संयोजक राठीले बताए । उनका अनुसार एक्स्पोमा अटोमोइवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निमार्ण समाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य बस्तुहरूको स्टल रहनेछ । त्यस्तै दैनिक मनोरञ्जन आत्मक कार्यक्रमसमेत हुनेछ ।

एक्स्पोमा २० देखि २५ करोडको कारोबार हुने आयोजक समितिले अपेक्षा राखेको छ । करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । एक्स्पोलाई भव्य र व्यवस्थीत रुपमा संचालन गर्नको लागि विभिन्न १२ वटा उपसमिति समेत गठन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर