AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल भेट्रान अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ आश्विन २०७५, आईतवार २०:११
3
Shares
विराटनगर / प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको झापा दमकको पूर्वाञ्चल भेट्रान क्लब विजयी भई अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा आज भएको नेपालकै सर्वाधिक राशिको प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियागितामा पूर्वाञ्चलले विराटनगरको हाटखोला भेट्रान क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले खासै पोल प्रहार नगरे पनि पूर्वाञ्चलका खेलाडी केही हाबी भएका थिए । हाटखोलाले अन्तिम समयमा अलि दबाब दिए पनि पूर्वाञ्चलका रक्षापंक्तिका सामु केही चलेन ।

खेलको ८ औं मिनेटमा पूर्वाञ्चलका दिलिप सुब्बाले गरेको प्रहारलाई गोलरक्षकले पञ्च गरेर क्लियर गर्न खोज्दा बनेको रिबाउण्ड बलमा भूवन लिम्बूले बक्सभित्रबाट गरेको प्रहार पोलमा लाग्दै बाहिरियो । २९ औं मिनेटमा पूर्वाञ्चलका दिलिप सुब्बाले गरेको क्रसपासमा लक्ष्मीप्रसाद लिम्बूले गरेको फितलो हेडिङ प्रहारलाई सहजै बचाउ गरे । ३३ औं मिनेटमा पूर्वाञ्चलका भूवन लिम्बूले डिफेन्सलाई विट गर्दै बक्स अगाडिबाट गरेको प्रहार पोल नजिकैबाट बाहिरियो । ३६ औं मिनेटमा पूर्वाञ्चलका भूवन लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । उनले लक्ष्मीप्रसाद लिम्बूले कर्नर लाइनबाट गरेको क्रसपासमा वान टचमा गोल गरे । ५७ औं मिनेटमा हाटखोलाका उत्तर खवासले डिबक्सभित्रबाट गरेको बललाई गोलरक्षकले उत्कृष्ट पन्च गर्दै गोल संकट टारे ।

खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका भूवन लिम्बू घोषित भए । सोमबारको खेल आयोजक सिएमजी क्लब र धरान भेट्रान क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर