AArya
RUMPUM
animated ellipse animated ellipse

विकासमा सर्वसाधरणलाई सहभागि गराउनुपर्छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०७५, शुक्रबार २०:२८
3
Shares
विराटनगर / धितोबजार मार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । “सवृद्धि नेपालको आर्थिक आधार–गतिशिल, विश्वसनीय तथा पूर्जी वजार” नाराका साथ नेपाल धितो पत्रवोर्डले आयोजना गरेको पहिलो प्रादेशिक पूँजंी वजार प्रदर्शनी–२०७५ को उद्घाटन गर्दै राईले जनतालाई प्रत्यक्ष रुपमा सहभागी गराउन सकिने बताएका हुन् ।

महानगरपालिका,नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरी जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकास गर्न सकिने राईको भनाई छ । जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गैरहेको पानीको सदुपयोग गरी जलविद्युत , सिचाई जस्ता योजना कार्यान्वयन प्रदेश सहयोगले निती तथा कार्यक्रम जोड दिएको बताउदै राईले जनतालाई रोजगारीको अवसरपनि सृजना हुने बताए । मुख्यमन्त्री राईले तीन तहका सरकारको साझा लक्ष्य जनताको आर्थिक समृद्ध भएको बताउदै संवैधानिक व्यवस्था अनुसार तीन तहका सहकाले जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्नु पर्ने बताए ।

पूँजी निर्माणबाट मुलुक आर्थिक विकास सम्भव हुने बताएका राईले पूर्जी वजारबाट मुलुकको विकासले गति लिने बताए । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रवहादुर आङवोले गरीवी, पछौटेपनवाट जनतालाइ मुक्त गर्न प्रदेश सरकारले कार्य गरिरहेको वताउदै जलविद्युत र उद्योग स्थानामा सरकारले निजीक्षेत्रसंग साझोदारी गर्ने बताए ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मंत्रालयका सल्लाहकार प्रमोद झाको अध्यक्षतामा भएको सो प्रर्दशनी उद्घाटन समारोहमा नेपाल धितो वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका कार्यकारी अध्यक्ष चन्द्रसिंह साउत, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइटेल,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा र मोरङका प्रजिअ रमेशकुमार केसीले पूजी वजार प्रर्दशनीवाट यस क्षेत्रको आथिक विकासमा सहयोग पुग्ने वताए ।

प्रदर्शनीमा १ सय ७ वटा धितोपत्र कारोवार गर्ने संस्था एवम् वैंकका स्टलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर