RUMPUM
animated ellipse animated ellipse

बाल संसारका बालबालिकाद्धारा ड्रिम गार्डेनको भ्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०७५, शुक्रबार १९:०५
3
Shares
विराटनगर / विराटनगर ५ मा रहेकोे बाल संसार मन्टेश्वरी स्कुलले बालबालिकालाई आज विराटनगर १९ बैजनाथपुरको ड्रिम गार्डेनको भ्रमण गराएको छ ।

कक्षा प्ले ग्रुप र नर्सरीका बाल बालिकालाई ड्रिम गार्डेनको भ्रमण गराएको विद्यालयले जनाएको छ । बालबालिकालाई कितावी ज्ञान भन्दापनि व्यवहारिक शिक्षासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यसहित मन्टेश्वरी स्कुलले विभिन्न स्थानमा भ्रमणमा लैजान गरेको स्कुलका कोअर्डिनेटर सुमन तामाङले जानकारी दिए । उनका अनुशार मठ मन्दिर, पार्क, सपिङ सेन्टरलगायतको भ्रमण गराईने गरेको छ ।
विद्यालयले महिनामा दुई पटक भ्रमण गराउने गरेको उनले बताए । छोटो समयमा नै विराटनगरमा अब्बल बन्दै गएको बाल संसार मन्टेश्वरीले व्यवहारिक शिक्षामा बढी जोड दिने गरेको कोअर्डिनेटर तामाङले बताए । बाल संसार मन्टेश्वरी स्कुलमा एक सय बढी बालबालिका अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर