RUMPUM
animated ellipse animated ellipse

७० वर्षीया बृद्धा र बालिका बलात्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७५, बिहीबार २१:०९
3
Shares
सप्तरी / सप्तरीमा एकैदिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका छिमेकीबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार बलात्कारको आरोप लागेकाहरुको खोजी भइरहेको छ । बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए ।

परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बालिका बलात्कृत भएको र ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर