AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश राजधानी विराटनगर नै हुन्छ : मन्त्री पण्डीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७५, मंगलवार २१:३१
3
Shares
विराटनगर / सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर नै प्रादेशिक राजधानी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामका बिषयमा छलफल चलाइरहेको बेला पण्डितले विराटनगर नै स्थायी राजधानी हुनेमा आफू विश्वस्थ रहेको बताएका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थायी राजधानीकालागि पहलकदमी गरिहेको बताउँदै पण्डितले प्रदेश सरकारले पनि विराटनगरलाई नै स्थायी राजधानी बनाउनेमा आफु विश्वस्थ रहेको बताए । मन्त्री पण्डीतले विराटनगर कम्जोर नभएकोले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको जिकिर गरे । उनले सबै हिसावले विराटनगर परिपुर्ण रहेको दावि गरे । मन्त्री पण्डीतले आफैले पनि घचघच्याउने काम गरिरहेको भन्दै समय आए पछि आफ्नो भुमिका देखाउने जिकिर गरे ।

प्रदेश सभा ,मन्त्रालय र राजधानी अलग अलग राख्ने सम्बन्धमा उनले घरमा जवान छोरी भए विवाहकालागी कुरा चल्नु स्वभाविक भएको जिकिर गरे । ‘कुरै हुनु अपराध होइन ।,’ उनले भने, ‘ हामीले हाम्रो ठाउँको लागी बोलेनौ भने मतदाताको मन कसरी थाप्ने ।’

मन्त्री पण्डीतले उद्योगीहरुलाई उत्पान र निर्यातमुखी उद्योग खोल्न आग्रह गरे भने व्यपारीलाई राष्ट्रिय उत्पदनलाई प्राथिमिकता दिए सहयोगकालागी आफू सधै तयार रहेके बताए । उनले करको विषयमा कार्यादल बनाएर अध्ययन भइरहकोले चाडै निष्कर्शमा पुग्ने बताए । उनले दायरा भन्दा बाहिर गएर कर असुल्ने विषयमा कडाइका साथ रोक लागाएकोले त्यस्तो भए जानकारी गर्न उनले आग्रह गरे । उनले विराटनगरको एकीकृत भन्सार जाच चौकी ४ देखि ६ महिना भित्रमा सञ्चालनमा आउने जानकारी गराए । विराटनगरमा सडक तथा विभिन्न भौतिक संरचना निर्माणकालागी अध्ययनको कार्य सकिएकोले चाडै ठेक्का लगाए काम थालीने उनले जानकारी गराए ।

कार्यक्रम व्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश मुन्दडाले प्रदेश नं. १ को राजधानी विराटनगर कायम गर्न पहल गर्न अनुरोध गरेका थिए । मुन्दडाले विराटनगर नेपालको औद्योगिक–व्यवसायिक क्षेत्रको अलावा मुलुककै आर्थिक, सामाजिक र राजनैतिक केन्द्र विन्दुको रुपमा अग्रणी भूमिका खेल्दै आएको बताउँदै विराटनगरको एतिहासिकतालाई मध्यनजर स्थायी राजधानी घोषणा गर्नुपर्ने बताएका थिए । विराटनगरलाई राजधानी बनाउने सवल पक्षहरु सम्बन्धी व्यापार संघ र उद्योग संगठनले तयार पारेको रिपोर्ट उद्योग संगठन मोरङका कार्यबाहक अध्यक्ष राकेश सुरानाले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर