RUMPUM
animated ellipse animated ellipse

महिला साफ च्याम्पियन्सीपमा मंगलबार नेपालले बंगलादेशको सामना गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७५, सोमबार २०:३४
3
Shares
भुटान / भुटानको थिम्पुमा जारी १८ वर्षमूनिको महिला साफ च्याम्पियन्सीप अन्र्तगत बंगलादेशविरुद्ध शतप्रतिशत नतिजाका लागि नेपाली टोली तयारीमा जुटेकाछन्।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ । समूह एमा रहेको नेपाली टोलीले पहिलो खेलमा पाकिस्तानविरुद्ध १२ शुन्यको फराकिलो जित हात पारेको थियो । जसमा सुनसरीकी रेखा पौडेलले सात गोल गरेकी थिइन्। बंगलादेशविरुद्ध पनि मैदानमा आक्रमक रुपमा उत्रने रणनीति बुनेका प्रशिक्षक हरिओम श्रेष्ठले फरवर्डमा रश्मी घिसिंग चोटग्रस्त भएको बताए । उनले भने, खेलसम्म त ठीक हुने अपेक्षा गरेको छु, तर ह्यामस्ट्रींगका क्रममा नशा च्यापिएको छ, नत्र पाकिस्तानविरुद्धको सेट नै मैदानमा उत्रने छ । हाम्रा सबै खेलाडी फिट रहेकाछन् ।

त्यसैगरि, मोरंगको कीर्तिपुरबाट टोलीको क्याप्टेनको भूमिकामा रहेकी सरु सुब्बाले, बंगलादेशको डिफेन्स र फरवर्ड राम्रो रहेको बताइन् । उनले भनिन्, बंगलादेशविरुद्ध पनि पाकिस्तानसंग खेले जसरी नै शतप्रतिशत मैदानमा दिदैं खेल्नेछौ।

महिला साफको पहिलोसंस्करणमा सहभागिता जनाएको नेपाली टोली बंगलादेशविरुद्धको खेलपछि सेमीफाइनलमा भारत र माल्दिभ्सबीच एक टोलीलाई पाउनेछ । भारत, माल्दिभ्स र आयोजक राष्ट्र भुटान समूह बी मा रहेकाछन्। समूह एमा पाकिस्तानको टोली नेपाल र बंगलादेशसंग हार ब्यहोर्दै समूह चरणबाट बाहिरिसकेको छ । बंगलादेशले आइतबार भएको खेलमा पाकिस्तानलाई १७ शुन्यले हराएको थियो । यसै समूहमा नेपाल र बंगालदेशको भने समान दुई अंक रहेको छ । यसपटक अप्mगानिस्तान र श्रीलंका भने च्याम्पियन्सीपमा सहभागि नरहेको नेपाली टोली ब्यवस्थापक ओमप्रकाश मास्केले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर