पूर्वाञ्चल खबर
कावासोतीमा बिहान साढे ३ बजे बस दुर्घटनामा परेको हो । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको मृत्यू भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको उपचार भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा भइरहेको प्रहरीले जनाएको छ ।